झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जना पक्राउ

बिराटनगर, चैत २२ । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो ४ बजे झापाको मेचिनगर नगरपालिका- ६ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङ उर्लाबारी- २ का २० बर्षीय पवन भट्टराईलाई १ ग्राम ८ सय मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने सोहि दिन प्रहरी चौकी धरमपुर झापाबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी TRAMADOL र SPASREST गरी जम्मा ३४० ट्याबलेट र नगद १४ हजार ८७० रुपैया सहित शिबसताक्षी नगरपालिका- ७ का ३१ बर्षीय कृष्ण चौधरी, ३१ बर्षीय दिपेश चौधरी र ३२ बर्षीय सन्तोष राईलाई पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका- १५ ढाट स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री झापा दमक- ७ का १९ बर्षीय अमित मल्लिकलाई एभिल, लुपिजेशिक, फेनारागन, डाइजोपाम गरि जम्मा ४० एम्पुल र नाईट्राभेट २४ चक्की सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

त्यस्तै सुनसरीको हरीनगर गाउँपालिका- ५ स्थित जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले को. २ ह ६३६७ नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा अटो भित्रबाट लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा १६ के.जी. लागुऔषध गाँजा बरामद गरेसगै अटो चालक ईनरुवा नगरपालिका ७ का २९ बर्षीय लक्ष्मण मेहता, अटोमा सवार हरिनगर गाऊपालिका ६ का २२ बर्षीय हफरोज मिया र १८ बर्षीय मुर्तुज मियालाई पक्राउ गरेको हो ।

पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।