सदस्यता शुद्धीकरण सकेर मात्रै महासंघको अधिवेशन गर्न प्रेस युनियनको माग

विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले सदस्यता शुद्धीकरणको अभियान टुंगामा पु¥याएर मात्रै अधिवेशन गर्न नेपाल पत्रकार महासंघ कोशी प्रदेशको ध्यानाकर्षण गराएको छ ।

सदस्यता शुद्धीकरण टुंगो नलगाई महासंघको अधिवेशन मिति घोषणा गरेकोप्रति युनियनले आपत्तिसमेत जनाएको छ । युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितको नेतृत्वमा महासंघको प्रदेश कार्यालय पुगेर कार्यबाहक अध्यक्ष लवदेव ढुंगानालाई ध्यानाकर्षणपत्रसमेत बुझाएको छ ।

“नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा नेपाल प्रेस युनियनको प्रारम्भदेखि नै पूर्ण साथ र सहयोग रहेको सर्वविदितै छ । पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुको साझा संस्था बनाउन नेपाल प्रेस युनियनको भूमिकाबारे पत्रकार महासंघ पनि अनभिज्ञ छैन । तर, पछिल्लो विकसित घटनाक्रमअनुसार नेपाल पत्रकार महासंघले शुद्धीकरण अभियानलाई थाँती राखेर जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोप्रति नेपाल प्रेस युनियन कोशी प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ,” युनियनले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

केन्द्रको घोषणालाई आत्मसाथ गर्दै सदस्यता शुद्धीकरणको विषय नटुंग्याई महासंघको कोशी प्रदेश समितिले आगामी वैशाख १२ गतेका लागि अधिवेशन आह्वान गरेकोमा युनियनले आपत्ति जनाएको छ । महासंघको निर्णयले शुद्धीकरण अभियान नै ओझेलमा पार्ने काम भएको युनियनले ठहर गरेको छ । वैशाख १२ गतेका लागि घोषणा गरिएको प्रदेश अधिवेशन तत्काल स्थगित गरेर शुद्धीकरणको अभियानलाई सहज बनाउन युनियन जोडदारले मागसमेत गरेको छ ।

“पत्रकार महासंघको सदस्यता टुंगो नलगाई अधिवेशन र साधारणसभासहितका कुनै पनि प्रक्रिया अगाडि नबढाउन नेपाल प्रेस युनियन कोशी प्रदेश समिति आग्रह गर्दै ध्यानाकर्षण गराउँदछ,” ध्यानाकर्षणपत्रमा भनिएको छ, “प्रेस युनियनले अघि सारेका मागलाई बेवास्ता गर्दै अधिवेशन÷साधारणसभासहित प्रक्रिया अगाडि बढाएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जवाफदेही स्वयम् पत्रकार महासंघ प्रदेश समिति हुनेसमेत यसै ध्यानाकर्षणपत्रमार्फत जानकारी गराउँछौं ।”

प्रदेशका १४ वटै जिल्ला शाखाले समेत महासंघको सम्बन्धित जिल्ला शाखालाई ध्यानाकर्षण बुझाएको प्रदेश अध्यक्ष नवोदितले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।