मोरङ, झापा र पाँचथरबाट प्रतिवन्धित लागुऔषध सहित ६ जना पक्राउ

बिराटनगर, चैत्र २३ गते । मोरङ, झापा र पाँचथर जिल्लाबाट प्रतिवन्धित लागुऔषध र निषेधित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो मोरङको विराटनगर-१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी धरान-१६ का २३ बर्षीय युवराज श्रेष्ठको साथबाट १ ग्राम २३ मिलिग्राम ब्राउनसुगर र झापा मेचीनगर नगरपालिका-१२ का ३३ बर्षीय सुबास राईको साथबाट ५३ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

सोही दिन झापाको मेचिनगर-१० का १८ बर्षीय सिहिल मगरलाई निषेधित औषधी ४१२ ट्याव्लेट सहित ईलाका प्रहरी कार्यालय धुलावारीले र कमल गाउँपालिका-६ का २७ बर्षीय मदन तिम्सिना र ३८ बर्षीय बुद्धलाल साहुलाई निषेधित औषधी १३५ ट्याव्लेट सहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।

यसै गरी बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले फिदिम-४ का २५ बर्षीय डेविट लिम्वु सहित २ जनालाई ३ ग्राम ३३० मिलिग्राम ब्राउनसुगर र नगद ४१ हजार २६० रुपैया सहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।