झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ

बिराटनगर, चैत्र २५ । कोशी प्रदेशको झापा, मोरङ र सुनसरी जिल्लाका तिन छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट शनिवार राती खटिएको प्रहरी टोलीले झापा गाउँपालिका-४ बाट झापा गाउँपालिका-७ का २५ बर्षीय सुनिराम हेमरन र २१ बर्षीय हिरण राजवंशीलाई ६० ग्राम २४ मिलिग्राम लागुऔषध ब्रउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङको ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले सुनदरहरैचा नगरपालिका-८ सलकपुरबाट स्थानिय २१ बर्षीय समिर बस्नेत र २९ बर्षीय प्रकाश बिष्टलाई १ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १० हजार ४० रुपैयाँ सहित शनिवार राती पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको ईटहरी नगरपालिका-८ बसपार्कबाट ईटहरी-१७ का सनवाज महमदलाई ५५८ मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित शनिवार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।