झापाबाट इलाम हिंडेको ट्रक दुर्घटना
झापा । झापा दुर्गापुरवाट इलाम जीतपुर गोलिया लिन हिडेको प्र–१–०१–००१ख ३९९९ नम्बरको ट्रक दुर्गापुर–सुखानी सडकको दहिझोडा जंगलमा पल्टिएको छ ।
टायर पड्किएर ट्रक सडक भन्दा २० फुट तल खोल्सीमा पल्टिदा गाडी धनीसमेत रहेका बिर्तामोड निवासी २५ वर्षीय रोजन गुरुङ् घाईते भएको सञ्चालक सौरव दियालीले जानकारी दिए ।
गुरुङ्को हातको कुईनोमा समस्या भएपछि उपचारका लागि बि एण्ड सी अस्पताल लगिएको पूर्वाञ्चलकर्मी विमल दाहालले जानकारी दिए।-रुटिन अफ इलाम बन्द


