नयाँ वर्षले राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् : सभामुख विष्ट

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षको सुरूआतले नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, आपसी भाइचारा एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना उनले व्यक्त गरेका छन् ।

यस्तै यस अवसरमा मौलिक पहिचान स्थापित गराउँदै सांस्कृतिक पर्यटनमार्फत समग्र देशकै विकास हुने लक्ष्यमा देश अगाडि बढोस् भन्ने कामना उनले गरेका छन् ।

‘विगतका वर्षहरूमा भएका गल्ती, कमीकमजोरीबाट पाठ सिक्दै राष्ट्र निर्माणमा लाग्न सम्पूर्ण नेपालीहरूलाई प्रेरणा मिलोस् भन्दै देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८१ साल एवं सिरूवा पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ उनीद्वारा जारी शुभकामना सन्देशमा भनिएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।