देशले अब एउटा परिवारलाई स्थापित गर्दैन- ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशले एउटा परिवारलाई स्थापित नगर्ने बताएका छन् ।

शनिबार काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाद्वारा सञ्चालिन नगर अस्पतालको उद्‍घाटन गर्दै ओलीले राप्रपाको राज संस्था फिर्ता ल्याउने आन्दोलनप्रति लक्षित गर्दै संविधान, परिवर्तन र जनताको सवोच्चता नै नमान्नेले एउटा माली चाहियो भन्दैमा देशले माली वा कुनै परिवारलाई स्थापना नगर्ने टिप्पणी गरेका हुन् । 

उनले केही संविधानको दायराभित्र आएर आाफ्नो माग प्रस्तुत गर्न विभिन्न समूहहरूलाई आग्रह गरेका थिए । ओलीले राजतन्त्रका समयमा जनताको अधिकार खोसिए पनि अहिले गणतन्त्रमा नागरिकको अधिकार सुरक्षित रहेकाले अधिकारभित्र रहेर समस्याको हल गर्न सकिने बताए ।

उनले सामाजिक न्याय-समानता र त्यसबाटोबाट सामाजिक सद्भावका साथै राष्ट्रिय एकता बलियो बनाउदै मुलुकलाई समृद्ध मुलुक बनाउनुपर्ने बताए ।  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।