इलाम र सुनसरीबाट लागुऔषध सहित ३ जना पक्राउ

बिराटनगर, बैशाख २ । इलाम र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो साढे ३ बजे इलामको माई नगरपालिका- १ स्थितमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय रोमन श्रेष्ठ र २२ बर्षीय बिकल कार्कीलाई फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ३९० ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका- ५ पिपलचौकबाट स्पाष्पेन, ट्रामाडोल, डेकोलिक गरि जम्मा १ सय चक्की औषधी र नगद ३ हजार ४५५ रुपैया सहित स्थानीय २१ बर्षीय सुमन लिम्बुलाई अस्थायी प्रहरी चौकी जनताबस्ती इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।