ज्येष्ठ नागरिकका समस्याप्रति महानगर गम्भीर छ ः मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकका समस्या गम्भीर बन्दै गएको बताउनुभएको छ ।

नयाँ वर्ष २०८१ सालका अवसरमा विराटनगर–१२ स्थित ज्येष्ठ नागरिक सेवा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले वैदेशिक रोजगारी र युवाहरूको विदेश पलायनले ज्येष्ठ नागरिकहरू एक्लो हुँदै गएको बताउनुभयो । उहाँले आन्तरिक रुपमा रोजगारी सिर्जना नभएसम्म विदेश पलायन हुनबाट युवालाई रोक्न नसकिने उल्लेख गर्नुभयो ।

युवाको बढ्दो विदेश पलायनले ज्येष्ठ नागरिकका समस्या बढ्दै गएको उहाँको भनाइ थियो । “वैदेशिक रोजगारीले परिवारका कमाउने सदस्यहरू कि त खाडी गएका छन् कि त युरोप, अमेरिका, अष्टे«लिया गएका छन् । यता घरमा बूढाबूढी मात्रै पनि भएको अवस्था छ,” उहाँले थप्नुभयो, “बा–आमाको मृत्यु हुँदा चार–पाँच दिनसम्म पनि लाश नउठ्ने अवस्था छ । लाशलाई मुर्दाघरमा राखेर छोराछोरीलाई कुर्नुपर्ने अवस्था देखिएको छ । यो सबै वैदेशिक रोजगारी र युवा पलायनले गर्दा भएको हो भन्ने मलाई लाग्छ ।”

उहाँले ज्येष्ठ नागरिकका समस्याप्रति महानगरपालिका गम्भीर रहेको बताउनुभयो । मेयर कोइरालाले ज्येष्ठ नागरिकको स्याहारसुसार गर्ने गरी महानगरले ज्येष्ठ नागरिक संरक्षण केन्द्र स्थापना गर्ने योजना रहेको सुनाउनुभयो । “यसरी स्थापना हुने ज्येष्ठ नागरिक केन्द्रमा स्याहारसुसारसहित स्वास्थ्य सुविधा, भजनकीर्तनका साथै उहाँहरूका लागि मनोरञ्जनका सामग्रीसमेत हुनेछ,” उहाँले थप्नुभयो, “केन्द्र स्थापना गर्न सकिए साथमा छोराछोरी नभए पनि ज्येष्ठ नागरिकले एक्लो महसुस गर्नुहुने छैन ।” विराटनगरमा जन्मिएर अमेरिकामा बसोबास गर्नेहरूसित पनि यस विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अमेरिका भ्रमणका क्रममा मैले विराटनगरलाई माया गर्ने अमेरिकामा बसोबास गर्नेहरूसित पनि कुरा गरेको छु । उहाँहरू पनि सहयोग गर्न तयार हुनुहुन्छ ।”

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले ज्येष्ठ नागरिकलाई महानगरपालिकाका तर्फबाट सहयोग गरिरहेको जानकारी दिनुभयो । उहाँले ज्येष्ठ नागरिकका लागि धेरैवटा भवन निर्माण गर्ने भन्दा पनि भएका ज्येष्ठ नागरिक भवनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । हरेक व्यक्ति जीवनमा ज्येष्ठ नागरिक हुने बताउँदै उपमेयर कार्कीले भन्नुभयो, “समाज र परिवारले ज्येष्ठ नागरिकलाई अनुभव र ज्ञानका खानीका रुपमा लिनुपर्छ । पछिल्लो समय कतिपयले ज्येष्ठ नागरिकलाई बोझका रुपमा पनि लिने गरेको पाइन्छ । त्यो एकदमै गलत हो ।

कार्यक्रममा कार्यबाहक वडाध्यक्ष कुशेश्वर राजवंशी, ज्येष्ठ नागरिक जिल्ला अध्यक्ष योगेश्वर निरौला, ज्येष्ठ नागरिक सेवा समितिका अध्यक्ष कृष्ण भण्डारी, विराट सामुदायिक भवनका अध्यक्ष राजेश्याम कट्टेल, कार्यक्रम संयोजक हरिप्रसाद भट्टराई, ज्येष्ठ नागरिक माधवप्रसाद राजवंशी, आयोजक संस्थाका सचिव जीवप्रसाद रेग्मी, सहसचिव कपिलमणि पौडेललगायतले ज्येष्ठ नागरिकका समस्यालाई राज्यले बेलैमा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।