मलामी आएका ब्यक्तिले चिर्पटले प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु

सुनसरी, बैशाख ३ । सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ ।

आज दिउँसो पौने २ बजे “मुक्तिघाट वृहत मुक्तिघाट क्षेत्र विकाश समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानिय २७ बर्षिय बिनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो ।

इटहरी उप-महानगरपालिका -४ गैरीगाँउबाट मलामी आएका ३७ बर्षिय उमेश तामाङ र धरानका ३० बर्षिय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा घाईते भएका बिनोद तामाङको उपचारको क्रममा बेदान्त हस्पिटल इटहरीमा आज दिउँसो साढे २ बजे मृत्यु भएको हो ।

घटनामा संलग्न उमेश तामाङलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरी रहेको छ भने फरार रहेका अनिल तामाङको खोजतलाश भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।