तीन वर्षभित्र खोरेत मुक्त प्रदेश बनाउने कृषिमन्त्री खत्रीको घोषणा

विराटनगर, ३ वैशाख । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले आगामी ३ वर्षभित्रमा कोशी प्रदेशलाई खोरेत मुक्त प्रदेश बनाउने घोषणा गरेका छन् ।

झापाको भद्रपुरमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको भवन उद्घाटन समारोहमा मन्त्री खत्रीले यस्तो घोषणा गरेका हुन् । उनले प्रदेशका १४ जिल्लामध्ये ६ जिल्लामा अझै पशु सम्बन्धी भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र नरहेको जानकारी दिए । ती जिल्लाहरुमा भवन निर्माणको लागि आफूले पहल गर्ने उनले बताए ।

त्यसक्रममा उनले कृषि मन्त्रालयले अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै ‘पढ्दै कमाउँदै गर्ने’ कार्यक्रम पनि ल्याउने, घरेलु मदिरा ब्राण्डिङ गर्ने र टुक्रे योजना नल्याउने घोषणा पनि गरे । प्रदेश सरकारले झापाको भद्रपुरमा एक करोड ७१ लाख ८७३ को लगानीमा भवन निर्माण भएको हो ।

पशुमा लाग्ने भाइरसजन्य खोरेत रोगका कारण दूधजन्य वस्तु निर्यातमा अवरोध भइरहेको बेला कोशी प्रदेश सरकारले भने यसको नियन्त्रणको लागि ‘महाअभियान’ संचालन गर्ने तयारी गरेको थियो । सोही योजना अनुसार तीन वर्षमा प्रदेशलाई खोरेत मुक्त गर्ने खत्रीले घोषणा गरेका हुन् । कोशी प्रदेशबाट विश्वका २५ मुलुकमा छुर्पि निर्यात भइरहेको छ ।

युरोपबाट पनि छुर्पिको माग भइरहेको छ । तर, खोरेत नियन्त्रण नभएको कारण ति देशहरुमा छुर्पि निर्यात हुन सकिरहेको छैन । अहिले कोशी प्रदेशका छ जिल्लामा खोरेत रोगको संक्रमण देखिएको छ । जसमा मोरङ, सुनसरी, झापा, उदयपुर, खोटाङ र ओखलढुंगा रहेका छन् । यसबाहेक ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर र सोलुखुम्बुमा पछिल्लो पाँच वर्षयता खोरेतको संक्रमण भेटिएको छैन ।

यस्तै इलाम र संखुवासभामा तीन वर्षदेखि खोरेत संक्रमण नदेखिएको मन्त्री खत्री बताउँछन् । ‘कोशी प्रदेशबाट ७ अर्ब रुपैयाँभन्दा बढीको छुर्पी र ७ अर्ब जतिको चिज विदेश निर्यात भएकोले यो क्षेत्रलाई सुरक्षित गर्नु अनिवार्य देखियो,’ उनले भने, ‘यसले कृषि र पशुपालन क्षेत्रमा धेरै ठूलो क्रान्ति गर्न सकिन्छ ।’ खोरेत नियन्त्रणको लागि संचालन गर्ने तीन वर्षे अभियानका लागि ६० करोड रुपैयाँ लाग्ने कृषि मन्त्रालयले अनुमान गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।