बिर्तामोडमा नक्कली सुनको टिल बिक्री गर्ने १ जना पक्राउ

झापा, बैशाख ४ । इलाका प्रहरी कार्यालय अनारमनीले नक्कली सुनको टिल बिक्री गर्ने १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जल्पाइगुडी-४० सिलिगुडी भारतका ५४ बर्षिय शेर बहादुर गिरी रहेका छन् ।

हिजो दिउँसो साढे २ बजे झापाको बिर्तामोड नगरपालिका-५ शनिश्चरे स्थितबाट गिरीले आफु सुन बेच्ने मानिस भएको भन्दै आफुसँग भएको नक्कली काँचो सुनको टिल ६० हजार रुपैयामा झापाको बुद्दशान्ती गाउँपालिका-२ की ४५ वर्षिया सविता सिटौलालाई ललाई फकाई गरी बिक्री बितरण गरी ठगी गरेका थिए ।

घटना घटेको केही समय पश्चात आफु ठगीमा परेको पत्तो पाएकी सिटौलाले तत्काल प्रहरीमा खबर गर्नसाथ इलाका प्रहरी कार्यालय आनारमनी झापाबाट खटिएको प्रहरी टोलीले गिरीलाई झापाको विर्तामोड नगरपालिका-५ स्थितवाट पक्राउ गरेको र ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।