मेयर कोइरालाद्वारा वारुणयन्त्रको आकस्मिक अनुगमन,वारुणयन्त्रलाई चुस्तदुरुस्त राख्न निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–३ स्थित वारुणयन्त्र (दमकल)को अनुगमन गर्नुभएको छ ।

सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढेको भन्दै मेयर कोइरालाले दमकललाई चुस्तदुरुस्त राख्न निर्देशनसमेत दिनुभयो । कोइरालाले आगलागीको खबर आएको एक सेकेण्ड पनि ढिलो नगरी घटनास्थलमा पुग्न निर्देशन दिनुभएको थियो ।

मेयर कोइरालालाई वारुणयन्त्रको समेत जिम्मेवारी सम्हालिरहनुभएका महानगर प्रहरीका प्रमुख राजन पौडेलले दमकलको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । महानगरसित भएको तीनवटै दमकल चुस्तदुरुस्त रहेको पौडेलले बताउनुभयो ।

महानगरसित ५ हजार लिटर क्षमताको दुईवटा र ३ हजार क्षमताको एउटा दमकल रहेको छ । जसमा ५ हजार लिटरका दुईवटा पुष्पलालचोकमा राख्ने गरिएको छ भने ३ हजार लिटरको विराटनगर–१४ जतुवास्थित पुरानो वडा कार्यालयमा राख्ने गरिएको उहाँले बताउनुभयो ।

महानगरले दमकलमा पानी भर्नका लागि केही महिना अगाडि सन्सारीमाईस्थानमा डिप बोरिङ सञ्चालन ल्याएको थियो । हाल पुष्पलालचोक, महानगर परिसर, सन्सारीमाईस्थानबाट दमकलमा पानी भर्ने गरिएको छ । महानगर क्षेत्रभित्र ७–८ ठाउँबाट पानी भर्ने गरी व्यवस्था मिलाइरहेको मेयर कोइरालाले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतको पनि सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।