बराहक्षेत्रको नडाहा जङ्गलमा युवकको शव फेला
सुनसरी । सुनसरी बराहक्षेत्र ३ नडाहा चतरा सडक जङ्गलमा एक पुरुषको शब फेला परेको छ।
इलाका प्रहरी कार्यालय चक्रघट्टिका अनुसार गत बैशाख १ गतेदेखि हराईरहेका बराहक्षेत्र ३ इक्राई निवासी २४ बर्षिय शिवजी राउतको मृत अवस्थामा शव फेला परेको हो ।
घाँस लिन जङ्गलमा गएका स्थानीयहरुले मृत शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवसँगै एउटा साईकल समेत फेला परेको प्रहरीले जनाएको छ ।-बराह दर्पण


