महिला पत्रकारहरुको वृति विकासका लागि प्रदेश सरकारले काम गरिरहेको : मन्त्री गुरुङ

सुनसरी । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सुनिता गुरुङले महिला पत्रकारहरुकाे वृति विकासका लागि प्रदेश सरकारले काम गरिरहेकाे बताउनु भएकाे छ ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फाेनिज) १ नं प्रदेश समितीले आज सुनसरीमा आयाेजना गरेकाे पहिचानका लागि सञ्चार अभियान अन्तरगत फाेनिजकर्मी महिला पत्रकारहरुकाे प्रथम प्रदेश स्तरिय प्रथम भेला तथा क्षामता विकास सचेताना कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले त्यस्ताे बताउनु भएकाे हाे ।

महिला पत्रकारहरुलाई अघिबढाउन प्रदेश सरकारले काम गरिरहेकाे भन्दै सञ्चारकाे क्षेत्रमा सत्य तथ्यमा आधारित भई निर्धक्कका साथ कलम चलाउन आग्रह गर्नुभयाे । उहाँले सरकारकाे राम्रा कामकाे प्रचार प्रसार तथा नराम्रा कामकाे खबरदारी गर्न समेत सञ्चारकर्मीहरुलाई आग्रह गर्नु भएकाे छ साथै उहाँले प्रदेश सदनमा मिडियामैत्री कानुनकाे विषयमा कुरा भईरहेकाे समेत उल्लेख गर्नुभयाे ।

फाेनिज केन्द्रीय सदस्य सुजता लिम्बुकाे अध्यक्षतामा सञ्चालित कार्यक्रममा फाेनिजकर्मी महिला पत्रकारहरुकाे समस्या,उनिहरुकाे क्षामता विकास, साईवर अपराध ऐन लगायतकाे वारेमा प्रशिक्षण दिईएकाे छ ।

कार्यक्रममा फाेनिज प्रदेश अध्यक्ष सन्तवीर लामाले फाेनिजकाे स्थापना, गठन तथा यसले गर्दै आएका कामहरुकाे वारेमा जानकारी गराउनु भएकाे थियाे । कार्यक्रमकै अवसरमा फाेनिज प्रदेश उपाध्यक्ष अप्सरा समालकाे संयाेजकत्वमा फाेनजि प्रदेश महिला विभाग समेत गठन गरि घाेषणा गरिएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।