शिक्षक र प्रधानध्यापक विचको विवादले महोत्तरीको एक विद्यालयको पठनपाठनमा असर

बिशाल बस्नेत/५ बैसाख, महोत्तरी  । बल्वा नगरपालिकाको एक विद्यालयमा प्रधानध्यापक र शिक्षकविचको विवादले पठनपाठनमा असर परेको छ ।

वडा नं. ६ स्थित योग कुमार माध्यामिक विद्यालयका प्रधानध्यापक निरिपेन्द्र कर्ण र केही शिक्षकविचको आन्तरिक कलहले पठनपाठनमा गम्भीर असर परेको अभिभावकहरुले गुनासो गरेका छन ।

सोही विद्यालयमा अध्यापन गराउने शिक्षक सोभालाल यादवका अनुसार प्रधानध्यापक कर्ण शृंखलावद्ध अनियमिततामा सहभागी भएपछी शिक्षकहरुविच दुरी वढेको हो ।

उक्त विद्यालयमा अहिलेसम्म व्यवस्थापन समिति वन्न सकेको छैन । व्यवस्थापन समिति नभएको मौका छोपेर प्रधानध्यापकले आफुखुसी विद्यालयको सम्पत्ति नै हिनामिना गरेको शिक्षकहरुको आरोप छ ।

विद्यार्थीहरुसँग टाई र परिचयपत्रका नाममा आफुखुसी पैसा उठाएर अपचलन गरेको आरोप आईरहेको वेला विद्यालयको गोदाममा राखेको काठहरु समेत लिलाम गरेर प्रधानध्यापक कर्णले भ्रष्टाचार गरेको शिक्षकहरुले आरोप लगाएका छन ।

काठहरु वेचेको न्युन पैसा मात्र खातामा देखाएको  र लाखौ रुपैया अनियमितता गरेको अर्का शिक्षक जिवन श्रेष्ठले वताए । काठको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा शिक्षक सोभालाल आफैले उजुरी हालेका थिए । याँहीवाट सुरु भएको विवाद अहिले विद्यार्थीहरुको पठनपाठनमा समेत देखिएको छ । तर प्रधानध्यापक कर्णले भने शिक्षकहरुले आरोप लगाएर जस्तो नभएको जिकिर गरेका छन । सोभालाल यादव नियमित कक्षामा नआउने र विद्यालयको समयावधि पहिले नै निस्कने कारणले कारवाही गरेको हुदा वदला लिने उदेश्यले अफवाह फैलाईरहेको उनको भनाई छ ।

तर शिक्षक यादवले एसईईको समयमा विद्यालयवाट विना कारण १८४ जना विद्यार्थीहरुसँग जनही ३ सयका दरले अवैधानिकरुपमा पैसा  उठाएको समेत आरोप लगाएका छन । विल विना पैसा उठाएर उक्त पैसा लेखा साखामा नबुझाएको कर्णमाथी आरोप लागेको छ । यो आरोप यसलाई स्थानीय अभिभावकले समेत ऐक्यबद्धता जनाएका छन ।

अभिभावक  कुशेस्वर महतोले शिक्षक सोभालालले भनेको बिषयहरुमा सत्यता नै भएको दावी गरेका छन । ‘हामीले कक्षा-१० को बिद्यार्थीहरुलाई ३ सय मागेपछि घरवाट पठाएका थियौ । त्यो कता खर्च भयो वा केको लागि लिएको थियो अझै खुल्न सकेको छैन ।’ अभिभावक महतोले भने । ‘यसको बिषयमा छानविन हुनुपर्छ अहिलेसम्म लेखा साखामा यो पैसा जम्मा भएको पाइएको छैन ।’

काठ लिलाम गरेको झन्डै ५५ हजार मात्र खातामा देखाएको र १८४ जना विद्यार्थीहरुसँग ३ सयका दरले उठाएको पैसा लेखा साखामा दाखिला नभएको लेखापाल संजिव यादवले वताए ।

‘मैले पनि प्रधानध्यापक कर्णले पैसा उठाएको भन्ने थाहा पाएको हौ तर उक्त पैसाको बिषयमा लेखा साखा अनविज्ञ छ ।’ लेखापाल यादवले भने । ‘खै अव सम्बन्धित निकायले यस्को छानविन गर्ला नी सरहरू समबन्धित निकायसम्म पुग्नु भएको छ क्यार ।’

यता नगर सिक्षा साखाका साखा अधिकृत रामविनय यादवले भने विद्यालयमा प्रधानद्यापक कर्ण भन्दा पनि शिक्षक दोषी भएको वताए । उन्ले विद्यालयको विषयमा पटक-पटक छलफल भएको तर शिक्षकहरुले मनोमानी गर्न नपाउदा प्रधानध्यापकमाथी रिस पोखिरहेको वताउदै शिक्षक सोभालाललाई सजायस्वरूप एक महिनाको १० हजार तलव समेत काटेको वताएका छन ।

शिक्षक सोभालाल विद्यालयमा महिनामा धेरै दिन उपस्थित नै नभएपछी सिक्षा साखा र प्रधानध्यापकविच भएको छलफलमा नै चेतावनीस्वरूप कारवाही गरेको प्रमुख यादवको भनाई छ । 

तर शिक्षक यादवले भने यसलाई अस्विकार गरेका छन् । संचित विदाको अभिलेख नै गायव वनाएर झुटो आरोप लगाएको उनको भनाई छ । यादवले अभिलेख देखाएर यसको पुष्टि गर्न चुनौती समेत दिएका छन ।

 

 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।