मोरङको कानेपोखरीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
मोरङ, बैशाख ७ । मोरङको कानेपोखरी गाउँपालिका- २ केरौन स्थितमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
हिजो दिउँसो साढे २ बजे कानेपोखरीबाट रमाईलोतर्फ जादै गरेको प्रदेश १-०२-०४९ प. ५७२२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक स्थानीय ४५ बर्षीय दिलिप राजवंशी र सोहि स्कुटरमा पछाडी सवार ४३ बर्षीय सुरुज कुमार राजवंशी घाईते भएका थिए ।
दुर्घटनामा परी घाईते भएका दुबै जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा चालक राजवंशीको उपचारको क्रममा मृत्यु भएको हो भने घाईतेको सोहि अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


