कोशीमा चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर, चैत्र ७ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी र जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी निरीक्षक बिशाल लिम्बु २०८० साल चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सुनसरी हरिनगर गाउँपालिका-२ का आशिफ अंसारीको पैसा भएको झोला अपरिचित व्यक्तिहरुले लिई भागेको घटनाको अनुसन्धानको क्रममा मो. इब्रान मन्सुरी मियाँ र उमेश मुखियालाई पक्राउ गरेको, हरिनगर गाउँपालिका-३ स्थितमा हिन्दु र मुस्लिम समुदाय बिच उत्पन्न विवादलाई प्रहरी जनशक्तिको प्रभावकारी परिचालन गरि जनधनको क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र “१२ वर्षे तेश्रो पिण्डेश्वर पूर्ण महाकुम्भ मेला” को सुरक्षार्थ प्रभावकारी सुरक्षा योजना बनाई प्रहरी परिचालन गरेको

साथै प्रहरी निरीक्षक बिशाल लिम्बुले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुर अरुण गाउँपालिका-४ का सौरभ तामाङलाई झापा जिल्लाको कांकडभिट्टाबाट पक्राउ गरेको, आमचोक गाउँपालिका-७ मान्द्रे भिरबाट हस्त बहादुर मगर लडी मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा संलग्न पदम बहादुर मगरलाई भरुवा बन्दुक थान-२ सहित पक्राउ गर्नुका साथै भोजपुर नगरपालिका-५ का चन लामा भन्ने छिरिङ ग्याम्बोलाई मोटरसाइकल चोरी भएको घटनामा अनुसन्धानको क्रममा पक्राउ गरेको हुँदा निजहरुले सम्पादन गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।