विराटनगरमा सडक तथा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

विराटनगर । सहारा एनिमल केयरसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको छ ।

विराटनगर–५ स्थित सहारा एनिमल केयरमा शनिबारदेखि पोथी कुकुरको बन्ध्याकरण सुरु गरिएको हो । विभिन्न वडाबाट सामुदायिक कुकुरलाई सो स्थानमा ल्याएर बध्याकरण गरिने महानगरका मेयर नागेश कोइरालाले बताउनुभयो । यसरी बन्ध्याकरण गरिएका कुकुरलाई रेविज खोपसमेत लगाइनेछ ।

मेयर कोइरालाले सामुदायिक कुुकुरको त्रासबाट महानगरवासीलाई मुक्त गर्ने बताउनुभयो । उहाँले सामुदायिक कुकुरका कारण मोर्डिङ वाक, इभिनिङ वाकमा समस्या भएको गुनासो आउने गरेको सुनाउनुभयो । उहाँले सडक तथा सामुदायिक कुकुरको संख्या वृद्धि नहोस् भनेर यसअघि पनि महानगरको अग्रसरतामा बन्ध्याकरण गरिएको उहाँको भनाइ थियो ।

वडा नम्बर ५ मा डा. रश्मी थापाको नेतृत्वमा १० कठ्ठा जमिन लिजमा लिएर कुकुरका लागि अस्पताल सुरु गरिएको छ । सोही स्थानमा आगामी असार पहिलो हप्तासम्म पोथी कुकुरको बन्ध्याकरण गरिनेछ । असारसम्म करिब २ सय कुकुरको बन्ध्याकरण गरी रेविजको खोप लगाउने लक्ष्य राखिएको महानगरको पशुपंशी शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । कुकुरको बन्ध्याकरणका लागि महानगरले चालु आर्थिक वर्षका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

नियन्त्रणमा लिएको कुकुरलाई अस्पतालमा एक दिन राखेर मात्रै बन्ध्याकरण गरिनेछ । बन्ध्याकरणपछि पनि पोषिलो खानेकुरा खुवाएर दुई दिन राखिनेछ । सवारी साधनबाट जोगाउन बन्ध्याकरण गरिएका कुकुरको घाँटीमा टल्किने बेल्टसमेत बाँधिने डा. रश्मी थापाले जानकारी दिनुभयो ।
विराटनगरलाई जनावरमैत्री सहर बनाउन आफूले अभियान सञ्चालन गरेको डा. थापाले बताउनुभयो ।

उद्घाटन समारोहमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपाने, पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादव, सहारा एनिमल केयरकी प्रमुख डा. रश्मी थापालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।