संखुवासभामा भाईले दाजुलाई कुटपिट गरि मारेपछि
संखुवासभा । संखुनासभामा भाईले दाजुलाई कुटपिट गरेर मारेको छ ।
हिजो रकिब ०६:०० बजेको समयमा जिल्लाको सभापोखरी गाँउपालिका वडा नम्बर-३ इथुम्बु बस्ने भै विर राईको छोरा वर्ष ४० को कान नसुन्ने र बोली समेत नआउने (ख वर्गको बौद्धिक अपाङ्गता भएको) सनमान राई र निजको सहोदर माईला भाई वर्ष ३५ को प्रविण राई बिच आफ्नै घर आगनमा राखेको दाउराको विषयमा आपसी विवाद भएको थियो ।
विवाद पछि निज प्रविण राईले सनमान राईलाई कुटपीट गरी धकेल्दा आँगनमा लडी सनमान राईको टाउको आँगनमा बिछ्छाएको ढुंङ्गामा ठोकिन गई गम्भिर घाईते भएकोमा निजलाई उपचारको लागि लैजाने तयारी गर्दैको अवस्थामा घट्नास्थलमै मृत्यू भएको थियो ।
उक्त घटनाको जानकारी प्राप्त गर्न साथ प्रहरी चौकी बाह्रबिसे, संखुवासभाबाट खटिएको प्रहरी अधिकृत समेतको टोलिले घटनास्थल अनुसन्धान सम्पन्न गरेको छ।कुटपिट गर्ने निज प्रविन राईलाई प्रहरी टोलीले घट्नास्थलबाट नियन्त्रण लिई थप अनुसन्धान कार्य भई रहेको छ।


