नेपाल आगलगी जोखिमको हिसाबले विश्वको तेस्रो, लुम्बिनीमा भयो कृत्रिम आगलागीको अभ्यास

मोहम्मद हबिब,भैरहवा  । नेपाल आगलागी जोखिमको हिसाले उच्च जोखिममा छ । विश्वव्यापी जलवायु जोखिम सूचकांक २०२३का अनुसार नेपाल आगलगी जोखिमको हिसाबले विश्वको तेस्रो, भुकम्पीय जोखिमको हिसाबले ११ औँ, बाढि पाहिरोको हिसाबले ३० औँ स्थानमा छ । वर्षेनी हुने शितलहर, आगलागी, अतिबृष्टि, अनावृष्टि, हिमपातलगायतको कारणले सयौँको ज्यान जाने गरेको छ । रुपन्देहीमा अहिलेको समयमा दैनिक जसो विभिन्न स्थानमा आगलागीको घटना भइरहेका छन । जोखिमलाई न्यूनिकरण गर्न र सम्पूर्णमा जनचेतना जगाउन सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण् हे. क्वा रुपन्देही विपद सम्बद्ध सरोकारवाला निकायहरुको संयुक्त सहभागितामा आगलागी सम्बन्धी कृत्रिम घटना गरी सुरक्षाको उपायबारे अभ्यास गरिएको छ । 

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न. ३ पडरिया नजिकै लुम्बिनी बिकास कोषको खेल मैदानमा २ वटा फुसको छाना भएको घरमा कृत्रिम आगो लगाई आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो । गर्मीयामको समयमा हुन सक्ने आगलागीमा उद्दार, राहत तथा व्यवस्थापन कार्य सम्बन्धि सचेतनाका लागि  कृत्रिम घटना अभ्यास गरिएको हो ।

बदलिदो मौसमको कारण हुन सक्ने आगलागीको घटनालाई मध्येनजर गरी बिपद् पूर्व तयारी अनुरुप सरोकार वाला निकायहरुको समन्वयमा सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देही द्वारा यो अध्यास गरिएको सशस्त्र प्रहरी उपरिक्षक आनन्द थापाले जानकारी दिए । उनले सशस्त्र प्रहरी बलले सिमा सुरक्षा, आन्तरिक सुरक्षा राजश्व चुहावट साथसाथै आफुलाई विपद उद्वारमा समर्पित निकायको रुपमा विकास गर्दै आएको बताए । अभ्यासमा आगलागीको अवस्थामा घरहरुबाट घाईतेहरुको उद्धार गर्ने अभ्यास, अग्नि नियन्त्रण यन्त्र द्धारा अगलागी नियन्त्रण अभ्यास, ग्यास सिलिण्डर बाट हुने आगलागी तथा जोखिम नियन्त्रणको डेमोस्ट्रेशन तथा हुन सक्ने क्षति र त्यसको त्रासबाट मुक्त गराउनको लागि सुरक्षात्मक उपायहरु अपनाउने तरिकाको नमुना अभ्यास गरिएको हो । 

‘विपद व्यवस्थापनको क्षेत्रमा विशिष्टीकृत जनशक्तिको विकासका साथै सशस्त्र प्रहरी कार्मचारीहरुलाई उद्वार क्षमता विकासका लागि विपद सम्बन्धी आधारभूत तालिम प्रदान गर्दै आएको छ । भुकम्प, बाढी पहिरो, आगलागी जस्ता विपदमा सिमित स्रोत साधानका वावजुद पनि पिडितको उद्वार, राहत तथा अस्थायी आवास निर्माण काममा भुमिका निभाउदै आएको र आगामी दिनमा पनि विपद पिडितहरुको उद्वार विपद जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा सधै राखेको छ’ एसपी थापाले भने ।  

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सजरुद्दीन मुसलमान, उप–प्रमुख कल्पना हरिजन, रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी द्वय चिरन्जिवी राना र रामचन्द्र अर्याल, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रन्जित सिंह राठौर, नेपाली सेना तथा तीनैवटा सुरक्षा निकायका कर्मचारी,  जनप्रतिनिधी, स्थानीय, पत्रकार लगायतको उपस्थितीमा जनचेतनामुलक अभ्यास गरिएको हो । कार्यक्रममा सशस्त्र प्रहरीका तालिम प्राप्त कर्मचारीहरुले सिलिन्डर ग्यासमा आगलागी भए त्यसको नियन्त्रणका उपायहरुबारे पनि अवगत गराएका थिए । 

नगरप्रमुख मुसलमानले सशस्त्र प्रहरीको अगुवाईमा भएको यो कार्यक्रम सराहनिय रहेको बताउदै बेला बेलामा संचालन हुने यस्ता किसिमका जनचेतनामुलक कार्यक्रमहरुले भबिष्यमा हुन सक्ने आगलागी सम्बन्धी दुर्घटनाहरुबाट बच्न,बचाउन गाउँ समाजमा सकारात्मक पाठ सिकाउने बताए । हिजो मात्रै यस क्षेत्रमा ठूलो आगलागी भयो र यसलाई नियन्त्रणमा लिनका लागि धमकल, सुरक्षा निकाय र सशस्त्रको ठूलो भुमिका रहेको बताए । आगलागी जन्य बिपतबाट कसरी सुरक्षित रहन सकिन्छ ग्यासमा आगलागी भएको अवस्थामा के गर्नुपर्छ भन्ने बारेमा आम नागरिकलाई जानकारी यो अभ्यासले ठूलो महत्व राखेको बताए । 
सहायक प्रमुख जिल्ला अधिकारी रानाले विपदको सामना गर्न केन्द्रिय देखि स्थानीय स्तरमा आपतकालिन टिमहरु रहेपनि प्रभावकारी बनाउन तीनै तह लाग्नु पर्ने बताए । 

सहभागीहरुले गर्मीयाममा हुने आगलागीजन्य घटना तथा विभिन्न स्थानमा सिलिन्डर ग्यासमा आगलागी हुने घटना भइरहेकाले यसबाट सुरक्षित रहने उपायहरूको बारेमा जानकारी हुन आवश्यक रहेको बताए । कृतिम घटना अभ्यासमा आगलागी कसरी हुन्छ र आगलागी भएपछिको अवस्थामा गर्नुपर्ने सम्पूर्ण प्रक्रियाको बारेमा अभ्यास गरिएको थियो । अभ्यासमा देखाईएका विभिन्न चरणहरू हेर्दा साँच्चीकै आगलागी भए पछि तथा सिलिन्डर ग्यासमा आगोलागे निभाउने तरिकाबारे सिकेको स्थानियले भने ।

अभ्यासमा सशस्त्र प्रहरी बलले घरायसी भान्सामा प्रयोग हुने ग्याँस सिलिन्डर चुहावटबाट हुन सक्ने आगलागी र सोको नियन्त्रणका उपाय, हुनसक्ने आगलागीका कारणबाट हुने क्षति र मानवीय क्षति लगायत धनजनको क्षतिलाई कम गर्न र आगलागी नियन्त्रण, आगलागीमा घाईतेको उद्दार, घाइतेको प्राथमिक उपचार लगायत विविध विषयमा अभ्यास गरिएको थियो । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।