झापा र मोरङबाट लागुऔषध सहित ६ जना पक्राउ

बिराटनगर, बैशाख १० गते । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो ३ बजे झापाको अर्जुनधारा नगरपालिका- ५ स्थितमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कन्काइ नगरपालिका- ८ का ३१ बर्षीय रविन चौधरीलाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४० ग्राम ८२० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।

त्यस्तै इलाम चुलाचुली गाँउपालिका- ५ घर भई हाल दमक नगरपालिका- ३ भुटानी शरणार्थी शिविर स्थित बस्दै आएका ३३ बर्षीय फुर्वा तामाङको घरमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने सुचना पाएसगै प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले उक्त घरबाट ब्राउनसुगर २ ग्राम ६०० मिलिग्राम, नगद १५ हजार ४५० रुपैया र बिभिन्न कम्पनीको मोबाईल २ थान बरामद गरेसगै तामाङलाई पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका- १६ हुलास चौक स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर सहित कानेपोखरी गाउँपालिका- ५ का ३१ बर्षीय आकाश धिमाल र बिराटनगर- १५ ढाटबाट NITRAVET १६५ चक्की, SPASMO ८० क्यापसुल नियन्त्रित औषधी सहित ईटहरीका ४८ बर्षीय सुबास नगरकोटीलाई पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर ४ सय मिलिग्राम र नगद १९ हजार ९ सय रुपैया सहित पथरीशनिश्चरेका २१ बर्षीय अनि मगर र २० बर्षीय आनीहान लिम्बुलाई पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।