झिलझिलेमा दुर्घटना, मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु

झापा,बैशाख १२ गते । झापाको शिवसताक्षी नगरपालिका-८ मा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

आज बिहान साँढे ५ बजेको समयमा दमकबाट सुरुङगा तर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ च. ९३२९ नम्बरको बोलेरो एक आपसमा ठोक्कीई दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेका कमल गाउँपालिका-४ का २५ मौषम राई, २० बर्षीय युनिश भण्डारी र १७ बर्षीय सरोज रेग्मी घाईते भई उपचारको लागी झापाको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा तिनै जनाको मृत्यु भएको हो ।

घटनामा संग्लग्न बोलेरो चालक मेचीनगर-६ झापाका ऋषि राज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।