झापामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

झापा, २०८१ बैशाख १२ गते । झापाको तीन बिभिन्न स्थानहरुबाट मंगलवार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध ब्राउनसगुरको ओसार पसार तथा बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका-८ त्रिपुरा सुन्दरी बैतडीका २५ बर्षीय रोशन थापालाई बिर्तामोड नगरपालिका-३ बाट लागुऔषध ब्राउनसगुर ३९ ग्राम १० मिलिग्राम, मोवाइल १ थान र नगद १,१०० रुपैयाँ सहित पक्राउ गरेको हो ।

यसैगरी लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट कमल गाउपालिका ५ का २० बर्षीय मनिस मगरलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ भने ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-९ बाट स्थानीय २४ बर्षीय सुजन दाहाल र २६ बर्षीय भिष्म कडेललाई लागुऔषध ब्राउनसगुर ८ ग्राम, नगद २ हजार र मोवायल ३ थान सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।