काठमाडौँ महानगरका सामुदायिक विद्यालयमै फोहर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा फोहरलाई स्रोतमा घटाउने, उत्पादित फोहरलाई विद्यालयकै परिसरमा व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ ।

कामको थालनी गर्दै आजदेखि समूहगत अभिमुखीकरण थालेको छ । विद्यालयको, वातावरण र बालबालिका (वावा) कार्यक्रमका फोकल शिक्षक, वातावरण वा विज्ञान विषय शिक्षकमध्ये एकजना, वावा समूहका विद्यार्थी क्याप्टेन र सरसफाइ कर्मचारीलाई अभिमुखीकरणमा बोलाइएको छ । 

विद्यालयको सफाइसँग सम्बन्ध राख्ने पदाधिकारी तथा व्यक्तिका बिचमा समान धारणा बनाउन शिक्षक, कर्मचारी र विद्यार्थीलाई एउटै समूहमा राखिएको हो । अभिमुखीकरणपछि हरेक विद्यालयलाई एउटा कम्पोष्टिङ् प्रणाली प्रदान गरिनेछ । 

एक समूहमा २२ वटा विद्यालयबाट ६६ जना रहनुहुनेछ । एक समूहका लागि एक दिन कार्यक्रम हुनेछ । कक्षामा फोहरमैलाको प्रकृति र वर्गीकरण, वातावरण प्रदुषण र विपद व्यवस्थापनको सैद्धान्तिक कक्षा हुनेछ । कम्पोष्टिङ्को भने प्रयोगात्मक एवं प्रदर्शनमा आधारित कक्षा हुनेछ ।  

विद्यालय परिसरमा धेरै फोहर उत्पादन हुने ठाउँ, फोहरका स्रोत, स्रोतमा फोहर घटाउने आचरण, फोहर वर्गीकरण, जैविक र अजैविक फोहर वर्गीकरणको सिद्धान्तका बारेमा बुझाउनु अभिमुखीकरण कार्यक्रमको उद्देश्य हो । वातावरण समितिका संयोजक बालकृष्ण महर्जन भन्छन्, ‘विद्यालयमा थालिएको कार्यक्रम समाजमा विस्तार हुन्छ । यसले बालबालिकालाई त सफाइ आचरण सिकाउँछ नै, यससँगै अभिभावकहरुमा पनि सन्देश प्रवाह हुन्छ । बालबालिकाका कारण अभिभावक पनि काम गर्न बाध्य हुने वातावरण बन्छ ।’ 

विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार ४ कार्य दिनभित्रमा अभिमुखीकरणसँगै जैविक फोहर व्यवस्थापन गर्ने प्रणाली पनि प्रदान गरिनेछ । अभिमुखीकरण सहभागीले विद्यालयमा फोहर व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउनु पर्छ । 

महानगरपालिकाले उपलब्ध गराउन लागेको विधि कम्पोष्टि विधि हो । विद्यालयमा उत्पादन हुने जैविक फोहरलाई कम्पोष्ट मल बनाउन मिल्छ । अजैविक फोहर विक्री गर्न सकिन्छ । यति मात्र गर्न सकियो भने कुनै पनि विद्यालयबाट फोहोर बाहिर निकाल्नु पर्दैन । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।