संखुवासभामा महिलालाई अभद्र ब्यवहार गर्ने एक पुरुष पक्राउ
संखुवासभा । संखुवासभामा महिलालाई अभद्र ब्यवहार गर्ने एक जना पक्राउ परेका छन् ।
गत बैशाख ९ गते प्रहरी चौकी बाह्रबिसे संखुवासभाबाट खटिएको प्रहरी टोलीले जिल्लाको सभापोखरी गाँउपालिका वडा नम्वर-२ हुत्तिखिम बस्ने वर्ष अन्दाजी २३ को जिवन भन्ने युवराज कार्कीलाई पक्राउ गरेको हो ।
निज कार्कीलाई सोही दिन अन्दाजी १५:०० बजेको समयमा लंखुवा खोलाको झोलुङ्गे पुल स्थित एक स्थानीय महिलालाई बाटो छेकी हातपात गर्न खोजेको अभियोगमा पक्राउ गरिएको हो।
काक्री उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार मुद्दामा म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको छ।


