सुनसरी र खोटाङबाट अबैध लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा

विराटनगर, बैशाख १७ गते ।सुनसरी र खोटाङको २ स्थानबाट अबैध लागुऔषध सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो साँझ सवा ५ बजे सुनसरीको कोशी पुल स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले चतराबाट उदयपुरतर्फ जाँदै को ३२ प ७६२१ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा ट्रामाडोल २४० पिस, स्पाइस २० पिस , डिकोलिक २०० पिस सहित मोटरसाईकल चालक उदयपुरको चौदण्डी नगरपालिका-३ का ३५ बर्षिय सुजिल राई र पछाडी सवार उदयपुरको बेलका नगरपालिका-५ का २८ बर्षिय मिलन राईलाई नियन्त्रणमा लिएको थियो ।

यसैगरी हिजो मध्यान्न ४ बजे इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले खोटाङबजार स्थित दिक्तेल सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको बाग्मती ८६ प. ८८४० नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा मोटरसाईकल चालक खोटाङको खोटेहाङ गाउँपालिका-७ का २८ बर्षिय विपक राई र २७ बर्षिय मदन विश्वकर्मालाई स्पासरेस्ट २५६ ट्याबलेट, ट्रामा हाईट्रो कोलोरी २४६ ट्याबलेट र लागुऔषध गाँजा २५० ग्राम सहित नियन्त्रणमा लिईएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।