लेखक संघ कोशी प्रदेशको आयोजनामा प्रदेश परिक्रममा सम्पन्न

विराटनगर । एउटा प्रदेशको भाषा, साहित्य, कला र संस्कृति अर्को प्रदेशसँग अन्तरघुलन गराउने उद्देश्यले नेपाली लेखक संघले प्रदेशसँग प्रदेश कार्यक्रम सुरु गरेको छ ।

नेपाली लेखक संघ कोशी प्रदेशको शृंखलाबद्ध अभियानअन्तर्गत प्रदेश परिक्रमाको पहिलो शृंखलामा गण्डकी प्रदेशका स्रष्टासँग कोशी प्रदेशका स्रष्टा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्रष्टा र कोशी प्रदेशका स्रष्टाहरुले सिर्जनामार्फत भावना आदानप्रदान गरेका छन् । नेपाली लेखक संघका केन्द्रीय अध्यक्षसमेत रहेका वरिष्ठ कवि तीर्थ श्रेष्ठले गण्डकीका स्रष्टाहरुको नेतृत्व गरेर विराटनगर आएका थिए ।

कार्यक्रममा नेपाली लेखक संघ गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले गण्डकी प्रदेशको साहित्यिक इतिहाससहित कार्यक्रममा सहभागी गण्डकी प्रदेशका स्रष्टाहरुको परिचय प्रस्तुत गरेका थिए । त्यस्तै प्राज्ञ विवश पोखरेलले कोशी प्रदेशको साहित्यिक इतिहासका बारेमा कार्यपत्र प्रस्तुत गरे ।

सो अवसरमा गण्डकी प्रदेशबाट आएका स्रष्टाहरुलाई संघका तर्फबाट सम्मानसमेत गरिएको थियो । कार्यक्रममा वरिष्ठ कवि तीर्थ श्रेष्ठ, संघका गण्डकी प्रदेश अध्यक्ष डा. ईश्वरमणि अधिकारी, डा. गणेश शर्मा, संजीव पौडेल, अमृत क्षेत्री, प्राञ्जल, तारानाथ पराजुली, रोशन तिम्सिना, रीता अधिकारी ऋतु, ईशा शाहलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य भीम पराजुली, आयोजक संस्थाका अध्यक्ष गोकुल अधिकारी, प्राध्यापक कविराज न्यौपाने, साहित्यकार गंगा सुवेदीलगायतले तराईमा प्रचलित गम्छा ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । उनीहरुलाई रुद्राक्षको माला, फूल, टीका, श्रीफल, पानसुपारी, सयपत्री फूलको मालालगायत धर्मसंस्कृतिसँग विशेष महत्व राख्ने सामग्रीले स्वागत गरिएको थियो ।

लेखक संघ कोशी प्रदेशले ७ वटै प्रदेशका स्रष्टाहरुलाई बोलाएर यसरी नै क्रमैसँग कार्यक्रम आयोजना गर्ने महासचिव मीनकुमार नवोदितले जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशबाट आएका सबै स्रष्टासहित कोशी प्रदेशका केशव आचार्य, केजी सुब्बा, मनु विश्वकर्मा, दीपा दाहाल, प्रेम ओझा, उमेश लुइँटेल, माधव पोखरेल गोज्याङ्ग्रे, धीरज राई, शकुन्तला मञ्जरी, शारदा भट्टराई, पुष्पा बोगटी, राजेन्द्र गुरागाईं, मनोज न्यौपाने, राधिका गुरागाईं, लक्ष्मी रायमाझी, लक्ष्मी पोखरेल, निर्मला कोइराला, गीता भण्डारी निरौला, हरि कट्टेल, प्रिन्स प्रमोदकुमार ढकाल, रोहिणी रसिक, प्रयाग न्यौपाने, चटंक राजवंशी, लक्ष्मी स्मृतिलगायत चार दर्जनभन्दा बढी स्रष्टाहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पराजुलीले भाषा, साहित्य, कला र संस्कृतिको विकास विना देश समृद्ध हुन नसक्ने बताए ।

उनले आफूले भाषा, साहित्य, कला र संस्कृतिलाई सधैं सम्मान गर्ने गरेको उल्लेख गरे । नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठ, गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, कोशीका अध्यक्ष गोकुल अधिकारी, उपाध्यक्ष लता खरेल, झापाका अध्यक्ष कुमार भट्टराई, प्राध्यापक कविराज न्यौपाने, कलाका माया पौडेल आशावादीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।