मोरङमा ताल्चा तोडफोड गरि सुन चाँदीका गरगहनाहरु चोरी गर्ने प्रयास गर्ने पक्राउ
मोरङ । मोरङ सुनवर्षी नगरपालिका काे डाइनिया बजारमा मा सन्चालनमा रहेको न्यू श्री कृष्णा ज्वेलर्स र योगिता ज्वेलर्स पसल काे ताल्चा तोडफोड पसलमा भएको सुन चाँदीका गरगहनाहरु चोरी गर्ने प्रयास गर्ने पक्राउ परेका छन् ।
सुनबर्षी ८ हरिशचन्द्रगढी बस्ने वर्ष ३० जफर आलम चाेरीमा संलग्न रहेको ले निज लाई रंगेली प्रहरीले पक्राउ गर्ने सफल भएको छ ।
निज लाई ५ (पाँच) को म्याद थप गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्य रङ्गेली का प्रहरी निरीक्षक सन्तोष खड्काले बताए ।
