संखुवासभामा चट्याङले लागेर एक महिलाको मृत्यु
संखुवासभा, जेठ ३१ गते । संखुवासभाको चिचिला गाउँपालिका-२ आले स्थितमा चट्याङले लागेर १ जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४१ बर्षीया साबित्रा गुरुङ रहेकी छन् । हिजो राती ९ बजे खाना खाइ आगो तापीरहेको अवस्थामा पानी संगै परेको चट्याङले लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहितको टोली खटि आवश्यक कानुनि प्रकृया भईरहेको छ ।


