इटहरीका सुमनले पाए युएईको ‘गोल्डेन भिषा’

इटहरी । कोशी प्रदेशको इटहरी निवासी सुमन फुयाल संयुक्त अरब इमिरेट्स (यूएई) ले २०२० बाट सुरु गरेको ‘गोल्डेन भिषा’ पाउने पहिलो नेपाली भएका छन् ।

यो भिषा नेपाली वा अन्य देशका सर्वसाधारण नागरिकले पाउन असम्भव जस्तै नै छ । यसअघि पनि एक नेपालीले यो भिषा प्राप्त गरेका थिए । तर उनी युएई मै कार्यरत हुन् । यता हालै गोल्डेन भिषा प्राप्त गर्ने सुमनले भने नेपालबाटै २ महिनाअघि अनलाइन एप्लाई गरेका थिए । त्यसैले उनी नेपालबाट एप्लाई गरेर यो भिषा प्राप्त गर्ने पहिलो नेपाली हुन् भन्न सकिन्छ ।

यो भिषा ‘असाधारण प्रतिभा’ भएका युएईका स्वदेशी तथा विदेशी नागरिकले स्थायी बसोबासको व्यवस्था सहित १० वर्षका लागी नविकरण गर्ने सुविधा सहित प्राप्त गर्न सक्छन् । गोल्डेन भिषाले डाक्टर, इन्जिनियर्स, वैज्ञानिक तथा कलाकारजस्ता प्रतिभावान ब्यक्तिहरुलाई प्राथमिकता दिन्छ । सुमन फुयाल आईटी एक्स्पर्ट हुन् । आईटिमा प्रतिभावान फुयालले अनलाइन एप्लाइ गरेर भिषा स्वीकृत भएपछि स्वयं उपस्थित भएर समेत भेरिफाईड गर्नुपर्ने भएको हुनाले उनी यतिबेला युएई पुगेर गोल्डेन भिषा लिइसकेका छन् ।

सुनसरीको इटहरीमै रहेर करिब १० वर्षदेखी निरन्तर लागिपरेर आफ्नो आईटी करियरलाई अन्तर्राष्ट्रियकरणी गरेका उनी चर्चित अनलाईन प्लाटफर्म ‘विक्स’को पार्टनर समेत हुन् । नेपालबाट उनी यसका लागी एकमात्र पार्टनर हुन् । यस्तै उनले आईटी क्षेत्रबाटै वर्ल्ड रेकर्ड समेत राखेका छन् । उनले गुगल, माईक्रोसफ्ट लगायत १८ अन्य प्लाटफर्मबाट सर्टिफिकेट समेत प्राप्त गरिसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।