बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना औपचारिक रुपमा सुरु

विराटनगर । विराटनगरस्थित बरगाछी–रानी सडकको सौन्दर्यकरण औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।

विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना शनिबारबाट औपचारिक रुपमा सुरु गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, विश्वनाथप्रसाद भगत, हरिश्चन्द्र सहनी, वासुबहादुर बस्नेतसहित मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष समाजसेवी वेनिगोपाल मुन्दडा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, सडक सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष वेनिगोपाल मुन्दडालगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले एकैसाथ फूलको विरुवा रोप्नुभएको थियो ।
शनिबार शुभारम्भका क्रममा घाँसचोकको डिभाइटरमा फूलको विरुवा रोपिएको थियो ।

अन्य डिभाइडरमा पनि क्रमैसँग रोप्दै जाने मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । बरगाछी–रानी सडक सौन्दर्यकरणका लागि विराटनगरमा सञ्चालित बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेका छन् । परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । हालसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाले १४ लाख ५० हजार रुपैयाँ जम्मा गरिसकेका छन् । महानगरले सो परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालन गरेको छ । हालसम्म एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, नेरुडे लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका छन् ।

मेयर कोइरालाले विराटनगर बनाउने सबैको दायित्व भएको बताउनुभयो । महानगर एक्लैले विराटनगर बनाउन असम्भव भएकाले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण गर्न आह्वान गरेअनुसार सहयोग पनि प्राप्त भइरहेको मेयर कोइरालाले बताउनुभयो । ५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेका छन् । एउटा डिभाइडरमा भने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सौन्दर्यकरण गरिसकेको छ ।

ऐतिहासिक सहर भएर पनि विराटनगर पछि परेको भन्दै मेयर कोइरालाले विकास निर्माणसहितका महानगरले अघि सारेका अभियानमा साथ दिन आग्रह गर्नुभयो । उहाँले रोपेको विरुवाको संरक्षणमा स्थानीयवासीले समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो । महानगरले गठन गरेको समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ निर्धारण गरेको थियो । प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । परियोजनालाई पारदर्शी बनाउन महानगरले उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा ९ सदस्यीय उपभोक्ता समितिसमेत गठन गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।