पोखरिया माविले आयोजना गरेको वक्तृत्वकलामा राधिनी प्रथम

विराटनगर । पोखरिया माविले आयोजना गरेको विराटनगर महानगरपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा सोही विद्यालयकी छात्रा रागिनी न्यौपाने प्रथम भएकी छन् ।

‘पर्यटनको विकासका सम्भावना, चुनौती र अवसर’ विषयक वक्तृत्वकला प्रतियोगितामा १५ सामुदायिक विद्यालयका २७ प्रतिस्पर्धीलाई पछि पार्दै रागिनीले प्रथम स्थान प्राप्त गरेकी हुन् । उनले नगद ८ हजारका साथमा प्रमाणपत्र र ट्रफी हात पारिन् ।

त्यस्तै जनता नमुना माविकी छात्रा कमला निरौला द्वितीय हुँदा आदर्श माविकी रञ्जना कोइरालाले तृतीय पुरस्कार प्राप्त गरिन् । उनीहरुले क्रमशः ६ हजार र ४ हजार नगदका साथमा ट्रर्फी र प्रमाणपत्र प्राप्त गरे ।

गोग्राहा माविका सन्तोष अमात रायलाई चौथो पुरस्कारस्वरुप नगद २ हजारका साथमा प्रमाणपत्र र ट्रर्फी प्रदान गरिएको थियो । अग्रज साहित्यकार खेम नेपाली र कवि एवं पत्रकार मीनकुमार नवोदितको निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । पुरस्कृत विद्यालय र विद्यार्थीलाई महानगरको शैक्षिक प्रशासन महाशाखाका संयोजक कृष्ण भट्टराई, निर्णायकद्वय खेम नेपाली र मीनकुमार नवोदित, आयोजक पोखरिया माविका प्राचार्य खेम भट्टराई, व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमलगायतले अविर लगाइदिएर नगद, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।

माध्यमिक तह कक्षा ९–१० समूहको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा महानगर क्षेत्रभित्र सञ्चालित हरेक सामुदायिक विद्यालयबाट एकजना छात्रसहित दुईजनालाई सहभागी गराइएको थियो ।

त्यस्तै शनिबार नै आधारभूत तह (कक्षा १–५) मध्ये चित्रकला प्रतियोगिता पनि सम्पन्न भएको छ । सो प्रतियोगितामा पोखरियाकै छात्र जयस साह प्रथम, आदर्श माविकी छात्रा दृष्टि राजवंशी द्वितीय, मिल्स माविका रमित परियार तृतीय र महामाया भगवती आवासीय माविकी रजनीकुमारी चौधरी चौथो भइन् । उनीहरुलाई विद्यालयका तर्फबाट क्रमशः ६, ४, ३ र २ हजार नगद राशिसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस वर्षको सामुदायित्व विद्यालयतर्फ देशभरबाट सर्वोत्कृष्ट हुन सफल पोखरिया माविले पाठ्यक्रमको पढाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको प्राचार्य खेम भट्टराई बताए । केही समयअघि महानगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता पनि सम्पन्न गरेको उनले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।