खोटाङ सामाजिक सेवा मञ्चद्वारा विमल कोइराला सम्मानित

विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चले वरिष्ठ कवि डा. विमल कोइरालालाई सम्मान गरेको छ ।

साढे चार दकदेखि नेपाली साहित्यमा सक्रिय कोइरालालाई शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मञ्चले सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, राजनैतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले पूर्वमुख्यसचिवसमेत रहनुभएका कोइरालालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । मञ्चले हरेक महिनाको पहिलो शनिबारमा सिर्जना वाचन र एकजना स्रष्टालाई सम्मान गर्दै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगर महानगरपालिकाले भौतिक विकाससँगै यहाँको भाषा, साहित्य, कला र संस्कृतिको विकासमा योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउनुभयो । उहाँले विराटनगरको पहिचान खोज्ने बेला आएको समेत उल्लेख गर्नुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विश्लेषक प्राध्यापक कृष्ण पोखरेल, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, प्राज्ञ विवश पोखरेल, साहित्यकार रोहिणी रसिक, लक्ष्मी पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी सोही अवसरमा देवी पन्थी, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, प्रिन्स प्रमोदकुमार ढकाल, ऋषि तिवारी, स्वीकृति रेग्मी मुना, भूपाल अधिकारीलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।