क्याम्पस प्रमुख मोहः तेस्रो कार्यकालको लागि राजीनामाको नाटक

मुकेश कुमार यादव/ सिरहा १ असार। सिरहाको गोलबजार नगरपालिका ४ स्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्यापसका प्रमुख किशोर कुमार साह जिल्लाकै धनगढीमाई नगरपालिका १२ मा रहेको तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयका मा.शि द्वितिय स्थायी हुन्। स्थायी शिक्षक हुँदा हुँदै निश्चित पार्टीका नेताको आडमा विगत एक दशकभन्दा लामोसमयदेखि शिक्षकको रुपमा र २०७१ माघ २३ देखि हालसम्म अनवरत रुपमा क्यम्पस प्रमुख भएर कामगरिरहेका छन्।

उनको कार्य कुशलता, व्यक्तिगत क्षमता र क्याम्पस भौतिक र शैशिक्षक सुधारले उनले निरन्तरता पाएको भने पक्कै होइन्। साहको नेता रिझाउने विशेष क्षमताले निरन्तर क्याम्पस प्रमुखमा विराजमान छन्। क्याम्पस प्रमुखको समय सकिएको लामो समय भईसक्यो, अव कसरी र कहिले प्रमुख छान्नु हुन्छ भनी सञ्चालक समितिका अध्यक्ष सूर्यमान लामाले अव चाडै क्याम्पस प्रमुख चुनिने र त्यसका केहि मापदण्डहरु बनाएका छौं भन्ने जबाफ दिए। पछिल्ला दिनहरुमा क्याम्पसका विद्यार्थी, शिक्षक तथा क्याम्पस सञ्चालक समितिबाटै विरोध हुन थालेपछि हच्केका उनी नेताहरुको दैलो दैलोमा पुग्न थालेका छन्। सबैतिरबाट क्याम्पस प्रमुख पूर्णकालिन हुनुपर्ने माँग उठेपछि उनी फेरी नयाँ नाटक मञ्चनमा उत्रेका छन्। उनले आफ्नो माध्यमिक शिक्षक द्वितिय स्थायीबाट राजिनामा दिएको नाटक सुरु गरेका छन्।

उनले त्यहि कागज देखाएर संचालक समितिलाई गुमराहमा पार्ने योजनामा छन्। साहले २०८१ जेठ १ गते कार्यरत विद्यालय तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयमा सोहिदिनबाट राजिनामा लागुहुने गरी व्यक्तिगत कारणले काम गर्न असमर्थ रहेको भन्दै राजिनामा दर्ता गराएको निमित्त प्रधानाध्यापक रामशरण महतोले जनाएको छ। विद्यालयले जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईलाई एक सातापछि जेठ ७ गते राजिनामा स्विकृति गरिदिनभनी रिफारिस पत्र लेखेको निमित्त प्रधानाध्यापक महतोले बताए। तर, त्यो राजिनामा सिफारिसपत्र दोहोरो भूमिकामा रहेका शिक्षक क्याम्पस प्रमुखसाहले म आफै पुर्याउँछु भनेर लिएको २५ दिन पुगिसक्दा पनि जिल्ला शिक्षा समन्वय इकाईमा बुझाएका छैनन्। यी सवै नाटकीय खेल क्याम्पस प्रमुख बन्न र सञ्चालक समितिलाई अलमल्याउने आश्यले गरेको प्रस्ट हुन्छ।

शिक्षा नियमाबली २०५९ संशोधन सहितले स्थायी शिक्षक स्वेच्छाले राजिनामा दिंदा स्वयम् जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा लिखित राजीनामा दिनुपर्ने व्यवस्था रहेको छ। राजीनामा बुझाएपछि कार्यरत विद्यालयको दुईजना शिक्षक प्रतिनिधी, राजीनामा दिने व्यक्तिको श्रीमती वा नजीकको व्यक्तिको उपस्थिति समन्वय इकाईका प्रमुख वा तोकिएको व्यक्तिले स्वीकृत गर्ने प्रावधान रहेको छ। तर, शिक्षक साहले क्याम्पस प्रमुख हुने प्रपञ्चकोलागि मात्र राजिनामा दिएजस्तो गरेको जानकारहरु बताउँछन्।

साहलाई नजिकबाट चिन्नेहरु राजिनामाको प्रकृयामा छु भन्ने देखाएर क्याम्पस प्रमुख तेहरीने दाउनमा रहेको बताउँछन्। पहिलो पटक क्याम्पस प्रमुख हुँदा पनि उनले आफू पूर्ण कालिन हुने प्रतिबद्धता जनाएका थिए। त्यस बेला पनि उनले विद्यालयबाट चार वर्षे अध्ययन विदा लिने प्रकृयाको नाटक गरेका थिए। विगत लामोसमयदेखि क्याम्पस प्रमुख भएर अपादर्शी ढङ्गले करोडौं रकम हजम गर्न पल्केका साह कुर्सीछोड्न चाहदैनन्।
उनी सवैखालका हतकण्डा मञ्चाएर यहाँसममकी नेताका पाउ मलेर भएपनि कुर्सी नछोड्ने ध्याउन्नमा रहेका छन्। उनी क्याम्पस प्रमुख भएको दशकौं पुग्नलाग्दा पनि एक जना लेखाहेर्ने कर्मचारी राख्न सकेको छैन। उनले मनमाना तरिकाले हिसाव मिलान गर्दै आएको त्यहि कार्यरत शिक्षकहरु नै बताउँछन् ।

क्याम्पस प्रमुखको समय सकिएको लामो समय भईसक्यो, अव कसरी र कहिले प्रमुख छान्नु हुन्छ भनी सञ्चालक समितिका अध्यक्ष सूर्यमान लामाले अव चाडै क्याम्पस प्रमुख चुनिने र त्यसका केहि मापदण्डहरु बनाएका छौं भन्ने जबाफ दिए। क्याम्पस प्रमुख साहसँग तपाई किन फेरी क्याम्पस प्रमुखमा दोहरीन मरिहत्ते गरिरहनु भएको छ? भन्ने प्रश्नमा उनले, ‘तपाईंहरु मेरो पछि पर्नु भएको छ। जे जे लेख्न मन लाग्छ त्यहि लेख्नुस भन्ने ओठे जवाफ फर्काउँदै कुरा गर्न चाहेनन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।