ताप्लेजुङमा बाढी र पहिरोले जनजीवन प्रभावित
ताप्लेजुङ । ताप्लेजुङमा बाढी र पहिरोले जनजीवन प्रभावित बनेको छ।
गएराति मिक्वाखोला गाउँपालिका-५ ताङखु गाउँमा पहिरोले सात परिवार प्रभावित भएका छन्।
पहिरोले २३ रोपनी अलैंची बगान बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताए।


