कोकनसँगको सहकार्यमा महानगरद्वारा आयोजित परिवार संवाद सम्पन्न, ३५ जोडी परिवार संवादमा सहभागी

विराटनगर । विराटनगर महानगरपालिकाले कोकनसँगको सहकार्यमा आयोजना गरेको लैंगिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सम्पन्न भएको छ ।

गत वैशाख २५ गतेबाट सुरु भएको परिवार संवाद असार ३ गते सम्पन्न भएको हो ।

करिब डेढ महिना सञ्चालन भएको कार्यक्रममा ३५ जोडी सहभागी भएका थिए । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा परिवार संवाद कार्यक्रमको समापन गरिएको हो । विराटनगर वडा नम्बर ८ सुकुम्बासी बस्ती र बलुवाहीमा सञ्चालित परिवार संवादमा सहभागी गरिब तथा विपन्न र दलित समुदायका जोडीहरुलाई कोकनका सहजकर्ता उदीप मण्डल र ईश्वरी खड्काले प्रशिक्षण दिनुभएको थियो । सामान्य विषयलाई लिएर श्रीमान–श्रीमतीबीच हुने विवाद र झगडा न्यूनीकरण गर्ने उद्देश्यले महानगरले साझा सवालका लागि साझा मञ्च (कोकन)सँगको सहकार्यमा परिवार संवाद सञ्चालन गरेको थियो । यसरी परिवार संवाद आयोजना गर्दा श्रीमान–श्रीमतीबीचको सम्बन्ध सुमधुर भई परिवारमा शान्ति छाउने आयोजकले विश्वास लिएको छ ।

पछिल्लो समय सामान्य विषयलाई लिएर पनि सम्बन्धविच्छेदका घटना बढ्दै जानुका साथै परिवारमा हिंसासमेत हुने गरेको पाइएको छ । यस्ता कार्यक्रमले लैंगिक हिंसा न्यूनीकरण हुनुका साथै परिवारमा हुने बेमेलसमेत कम हुने मेयर कोइरालाको भनाइ छ । आगामी दिनमा पनि परिवार संवादलाई अझै व्यापक बनाउने लगिने उहाँले बताउनुभयो । श्रीमान र श्रीमतीलाई बेग्लाबेग्लै राखेर सम्झाउनुका साथै दुवैजनाको दायित्वका विषयमा समेत जानकारी गराउने गरेको कोकनकी अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिनुभयो ।

कार्यक्रम सञ्चालनपछि परिवारमा सुमधुर सम्बन्ध भई सम्बन्धविच्छेदमा कमी आउने, एकअर्काको भावना बुझ्ने, मदिरा सेवन गर्ने क्रममा कमी आउने, दुव्र्यसनीमा नफस्ने, आर्थिक बोझ कम हुने र लैंगिक विभेद न्यूनीकरण हुने उहाँको भनाइ थियो । आर्थिक अभाव, वैदेशिक रोजगारी, मदिरा सेवनलगायतका कारणले परिवारमा समस्या देखिने गरेको महानगरकी महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु लोहनीले बताउनुभयो । यस्ता कार्यक्रमले श्रीमान–श्रीमती मात्रै नभएर परिवारबीचको सम्बन्ध सुमधुर भई सुखी र खुसी पारिवारिक जीवन व्यतीत गर्न सहयोग पुग्ने उहाँले दाबी गर्नुभयो । वडाध्यक्ष सदस्य भूवन राजवंशीले कार्यक्रम सञ्चालनपछि वडामा पारिवारिक विवाद कम हुने विश्वास व्यक्त गर्नुभयो ।

विराटनगर वडा नम्बर ८ मा ३५ जोडीलाई बेग्लाबेग्लै राखेर १० पटक कार्यक्रम सञ्चालन गरिएको कोकन मोरङका फिल्ड सुपरभाइजर अशोक थापा मगरले जानकारी दिनुभयो । त्यसपछि ३५ जोडीमध्येबाटै श्रीमान–श्रीमती दुवैजनासहित परिवारका अन्य दुई सदस्यलाई राखेर दुई चरणमा परिवार संवाद कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।