मधेशका अर्थमन्त्री यादवलाई आफ्नो क्षेत्रमा भव्य स्वागत

सञ्जय मिश्र, रौतहट । मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव (जितेन्द्र) लाई गृह क्षेत्र रौतहट ३ ख अन्तर्गत कटहरिया बजारमा एक समारोहका बिच भव्य स्वागत गरिएको छ ।

अर्थमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो पटक पुगेका सुनिल लाई सनिवार कटहरियाका जनप्रतिनिधि, ब्यापारी तथा नगरवासीले फूलको माला लगाई, खाँदा ओढाएर अति भव्यताका साथ स्वागत गरेका थिए। स्वागत समारोह लाई सम्बोधन गर्दै मन्त्री यादवले यस अघि क्षेत्र ३ को संघीय सांसदको रुपमा नेतृत्व गर्दा पनि सकेजति विकास गरेको स्मरण गराएका थिए ।

हाल क्षेत्र वासीले दिएको प्रदेश सांसदको अभिभारा पनि पूर्ण ईमान्दारी साथ निभाउँदै अर्थ मन्त्रीको हैसियतले क्षेत्रको समग्र विकासमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता जनाएका थिए। देशको निर्वाचन प्रणाली राम्रो नहुँदा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने जिकिर गर्दै मन्त्री यादवले मिलिजुली अस्थाई सरकारले विकास लाई गती दिन नसकेको गुनासो गरेका थिए।

हाल मधेश प्रदेशको शिक्षा, स्वास्थ, सडक पूर्वाधारको अवस्था दयनिय रहेको चर्चा गर्दै उनले सबै क्षेत्रको सुधारका आफ्नो बुद्दी विवेकले ईमान्दारी साथ लाग्ने विश्वास दिलाएका थिए। शिक्षा तर्फ प्रदेश सरकारले लगानी गरेर विद्यालयको भवन त निर्माण गर्छ तर शिक्षक दरबन्दीको लागी केन्द्रकै मुख ताक्नु पर्ने वाध्यता रहेको बताएका थिए। शिक्षालाई गुणस्तरिय बनाउन सरकार संगै अभिभावकको भूमिका हुनुपर्ने कांग्रेस जिल्ला सभापति समेत रहेका प्रदेश अर्थ मन्त्री सुनिल कुमार यादवको भनाई रहेको छ।

स्वागत समारोहमा नेपाली कांग्रेस रौतहटका उपसभापति रामालोचन जैसवाल, क्षेत्रिय सभापती सर्फलाल गुप्ता, कटहरियाका वडाका अध्यक्षहरु, ब्यापारी योगेन्द्र साह, लगायतले स्वागत गर्दै क्षेत्रको समग्र विकासको लागि अर्थ मन्त्री यादवको ध्यानाकर्षण गराएका थिए।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।