डिएसपी राईको सक्रियतामा ४ दिनभित्र चोरीको ३ मोटरसाईकल सहित एकजना चोर पक्राउ

सञ्जय मिश्रा ,रौतहट । रौतहट स्थित ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले पछिल्लो ४ दिन भित्र तीन थान चोरीको मोटरसाईकल र एकजना मोटरसाईकल चोरलाई पक्राउ गरेको छ।
 
केही दिन अघि मात्र कार्यालय प्रमुखको जिम्मेवारी लिएका डिएसपी राजकुमार राईको निर्देशनमा बिशेष अभियान अन्तर्गत छुट्टाछुट्टै स्थानबाट चोरीको ३ थान मोटरसाईकल र एकजनाचोर लाई पक्राउ गरेको हो।
 
चन्द्रपुर नगरपालिका ४ मुस्लिम टोलका २४ बर्षीय हसन सरिफको नाउँमा रहेको प्रदेश २ ( ०२८ प ७८३४ नम्बरको बाजाज कम्पनीको २०० सिसिको एनएस मोटरसाईकल गत ११ गते राती उनको घरैबाट चोरी भएको थियो।

चोरीको भोलिपल्ट सरिफले दिएको निवेदनको आधारमा डिएसपी राईको निर्देशन अनुसार मोटरसाईकलको इन्जिन नम्बर चेचिस नम्बर मिलान गरी मोटरसाईकल बरामद गरेको थियो।

मोटरसाईकलसँगै माधव नारायण नगरपालिका १ दिपही गाउँका रञ्जित जैसवालको छोरा बर्ष २७ को शिवचन्द्र प्रसाद जैसवाल लाई प्रहरीले पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याएको छ।
 
त्यस अघि चन्द्रपुर नगरपालिका ९ सिन्धुरेघारीका  बर्ष ४२ को ज्ञानेन्द्र  चौलागाईको नाममा रहेको प्रदेश २(०३(०१७ प। ९७४८ नम्बरको यामाहा कम्पनीको एफजेडएस १५० सि।सि। को मोटरसाइकल र सोही ठाउँका बर्ष ४० को सुबर्ण चौलागाईको नाममा  रहेको प्रदेश २(०३(०१९ प। ५३२५ नम्बरको एभेन्जर २२० सि।सि।को मोटरसाइकल घर अगाडी आंगनमा  एकै ठाउँमा पार्किंङ गरी राखेको अबस्थामा गत असार ३० गते विहान ४ बजे चोरी भएको थियो।
 

पीडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले खोजतलास गर्दै गुजरा नगरपालिका २ कटानी स्थितमा रहेको नहर छेउको  जंगलमा लुकाई छिपाई राखेको अबस्थामा  फेला पारी  सम्बन्धीत मोटरसाइकल धनीलाई बुझाईएको थियो। डिएसपी राजकुमार राईले आफ्नो कार्यक्षेत्र भित्र यौन ब्यापार, लागुऔषध कारोबार संगै आपराधिक क्रियाकलाप पूर्ण रूपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाउँदै आएका छन।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖