समयमा नै ग्रावल उत्त्खनन नहुदा पुर्व-पशिम राजमार्गको बेलागाछी पुल क्षतिग्रस्त

बिशाल बस्नेत/महोत्तरी । समयमा नै ग्रावल उत्त्खनन हुन् नसक्दा पुर्व-पश्मि राजमार्ग अन्तर्गत बेलागाछी पुल बाढीका कारण क्षतिग्रस्त भएको छ ।

गयराती आएको अविरल बर्षाका कारण क्षतिग्रस्त भएको उक्त पूलवाट आवतजावत गर्न कठिनायी वनेपछि ठुला मालवाहक गाडी र यात्रुवाहक बस सडकमा नै रोकेर राखिएको छ ।

बर्दिवास बजारवाट ७ किलोमिटर पश्मिमा रहेको उक्त पूल बाढीले विच भागवाट क्षति पुर्र्याएको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार अहिले हलुका गाडी र मोटरसाइकललाई स्काभेटरको माध्यमले ओहोरदोहोर गराइएको छ भने ठुला गाडी र यात्रुवाहक बसलाई बैकल्पित सडक वनाएर राजमार्गमा रहेको जाम केही समयमा नै खोलिने छ ।

बाढीले ल्याएको ग्रावल पूलसम्म नै आईपुग्दा क्षति पुगेको स्थानियहरुले वताए । ‘हामीले पूलसम्म आईपुगेको ग्रावल उत्त्खनन गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका थियौ तर यसमा कुनै चासो नदेखाएपछी आज यो क्षति भयो ।’ स्थानीय युवा शैलेशमणि दाहालले भने । ‘विपद अवस्थालाई मध्यनजर गरेर ग्रावल उत्त्खननमा जोड नदिए अन्य धेरै ठाँउका पुल जोखिममा छन ।’

अहिले काठमाण्डौ, हेटौडा, बिरगंज लगायतका ठाँउहरुमा जाने सवारीसाधन विच वाटो नै रोकिएर बसेका छन । तर यात्रुहरुको मार्कालाई मध्यनजर गर्दै बैकल्पित सडकको माध्यमवाट आवतजावतमा सहजीकरण काम भईरहेको इलाका प्रहरी कार्य वार्दिवासका प्रमुख रेवतीरमन पोखरेलले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।