झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जना पक्राउ

बिराटनगर, साउन १८ गते । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रदेश १-०१-०१७ प.५८६ नम्बरको स्टुकर चालक बिर्तामोड नगरपालिका-१० का ३४ बर्षीय बिशाल गुरुङलाई १ ग्राम ७० मिलिग्राम ब्राउनसुगर र इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षि नगरापालिका-८ का २४ बर्षीय फुर्वा तामाङलाई १ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट देउरालीले को. २ ह ८०९८ नम्बरको अटो चालक धरान-१३ का २५ बर्षीय माहान शेर्पा, अटोमा सवार रहेका २८ बर्षीय कृष्मन राई, २४ बर्षीय गोविन्द मगर र २४ बर्षीय सिम्रन सुनुवारलाई ट्रामाडोल र कोलिवान ४ सय क्याप्सुल सहित पक्राउ गरेको छ ।

त्यस्तै गरी बिराटनगर-१८ का ५४ बर्षीय पोलाई यादव र ४३ बर्षीया भोलीमाया यादवलाई १ किलिग्राम ५८० ग्राम गाँजा सहित ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।