मोरङको उर्लाबारीमा हत्यामा संलग्न १ जना पक्राउ

मोरङ, साउन १८ गते । मोरङको उर्लाबारी नगरपालिका-५ का ३० बर्षीय सुवास लामालाई हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ ।

गत मंगलबार बेलुका साढे ६ बजे उर्लाबारी-४ का २१ बर्षीय कुशल दाहाललाई आपसी बिवादको क्रममा लामाले शरिरको बिभिन्न भागमा खुकुरी, छुरी तथा लाठी प्रहार गरी गम्भिर घाईते बनाई घटनास्थलबाटै फरार भएका थिए । घाईते दहाललाई तत्काल उपचारको लागिको बिएनसी अस्पताल बिर्तामोड लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटना पश्चात फरार भएका लामालाई खोजतालसको क्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थितबाट पक्राउ गरेको छ ।

हत्यामा संलग्न रहेका लामाको थप आवश्यक अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।