ओखलढुंगामा जीप दुर्घटना
ओखलढुंगा । ओखलढुंगामा जीप दुर्घटना भएको छ ।
धरानबाट सोलुखुम्बुका लागि छुटेको जीप ओखलढुंगाको हिलेपानीभन्दा केही माथि दुर्घटना भएको हो ।
घाइतेहरूलाई ओखलढुंगा सामुदायिक अस्पताल लगिँदै गरिएको र दुर्घटनाबारे विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
