तेह्रथुमको आठराईमा बच्चा जन्माएर सेफ्टी ट्याङ्कीमा फ्याक्ने दम्पती पक्राउ

तेह्रथुम । तेह्रथुमको आठराई-७ थोक्लुङ भालुखोपमा बच्चा जन्माएर सेफ्टी ट्याङ्कीमा फ्याक्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।

बच्चा जन्माएर चर्पीको सेफ्टी ट्याङ्कीमा फ्याक्ने थोक्लुङ भालुखोपका १९ वर्षीय नगेन्द्र श्रेष्ठ र २० वर्षीया मनिता लिम्बूलाई ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारले पक्राउ गरेको हो ।

साउन १६ गते दिउँसो ४ बजे ट्वाईलेटमा मनिताले छोरी जन्माए पछि दम्पतीले नवजात शिशुलाई बोरामा राखेर सेप्टी ट्याङ्कीमा फ्याकेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक बद्री दाहालले बताउनुभयो ।

शुक्रबार घटना स्थलमा प्रहरी पुग्दा परिवारले नै सेफ्टी ट्याङ्कीबाट मृत बच्चाको शव निकालेका थिए ।

नगेन्द्र र मनिता बीच गत जेठमा विवाह भएको बताइएको छ । घटनाको थप अनुसन्धान प्रहरीले गरिएको छ । शिशुको शव पोस्टमार्टमको जिल्ला अस्पताल तेह्रथुम लगिएको छ ।-हाम्रो सवालबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।