इटहरीमा ट्रकको ठक्करबाट मृत्यु भएका साइकल यात्री भोजपुरका श्रेष्ठ

इटहरी : इटहरीमा ट्रकको ठक्करबाट मृत्यु भएका साइकलयात्रीको पहिचान खुलेको छ ।

शुक्रबार (आज) दिउँसो १ः१० बजेतिर इटहरी उपमहानगरपलिका ६ स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुने व्यक्ति भोजपुर षडानन्द नगरपालिका १४ बस्ने ४२ वर्षीय रामचन्द्र श्रेष्ठ रहेका छन् । उनी इटहरी ४ स्थित दिदीको घरमा बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ट्रक चालक धरान १३ बस्ने ४५ वर्षीय गोविन्द बहादुर तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । ट्रक भने बेलबारी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय इटहरीबाट डीएसपी टेकबहादुर कार्कीको कमाण्डमा २० जनाको टोली खटिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार पूर्वबाट जाँदै गरेको साइकललाई सोही दिशाबाट जाँदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।