जलाधारको संरक्षणले सिङ्गो सहरलाई संरक्षित गर्न सकिन्छ ः केदार कार्की

इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जलाधार क्षेत्रको संरक्षणले सिङ्गो सहरलाई संरक्षण गर्न सकिने उल्लेख गरेका छन् । शनिवार हसिना सिमसार परिसरमा आयोजित वृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले जलाधार र जङ्गल क्षेत्रको विनासका कारण पानीका मुहान र स्रोत सुक्दै गएको उल्लेख गरे ।

‘हामीले जलाधार र जङ्गल क्षेत्रको संरक्षण ग¥यौ भने धेरै तल सम्म पानीको स्रोतलाई जोगाउन सक्छौँ । अहिले चुरे दोहनका कारण मधेस प्रदेशका विभिन्न ठाउँमा ४०० फिट खन्दा समेत पानी पाउन सकिरहेको अवस्था छैन ।’ उनले भने । जङ्गल जङ्गल जस्तो नभएकाले जलवायु परिवर्तनको विकराल अवस्था सम्म आईपुुगेको उनले उल्लेख गरे । जनावरमैत्री जङ्गल अभियानमा समेत रहेका उनले जङ्गल क्षेत्रलाई संरक्षण गर्न सकेमा जलवायु परिवर्तनको सङ्कटबाट बच्न सकिने उल्लेख गरे ।

कार्कीले असार २९ गतेदेखि ‘जसको जङ्गल, उसको मङ्गलका लागि जनावरमैत्री जङ्गल’ अभियान अन्तर्गत वृक्षारोपण सुरु गरेका थिए । त्यसअघि कार्कीले मुख्यमन्त्री रहँदा गत फाल्गुनमा ७ दिन झापाको बाहुनडाँगीदेखी उदयपुरको बेलसोत बजारसम्म २४३ किलोमिटर लामो ‘हात्ती प्रभावित क्षेत्रमा पदयात्रा’ गरेका थिए । विज्ञको टोलीसहित पैदल यात्रामा रहेका कार्कीले जङ्गलमा जनावरका लागि आहार र जनावरमैत्री जङ्गल नभएकाले जङ्गली जनावरले सर्वसाधारणलाई दुःख दिने गरेको निष्कर्ष निकालेका थिए ।

अभियान अन्तरगत उनले आफ्नो नेतृत्वमा कोशी प्रदेशका जङ्गल क्षेत्र भित्र जङ्गल भित्रका जनवारका लागि आवश्यक फलफूल तथा रुख बिरुवा रोप्दै आएका छन् । शनिवार हसिना सिमसार परिसरमा भएको वृक्षारोपण नेपाली काँग्रेस सुन्दरहरैंचा ५ र नमूना सामुदायिक बनले आयोजना गरेका हुन् ।

कार्कीले यो अभियानलाई आफू मुख्यमन्त्री हुँदै जनावरमैत्री जङ्गल निर्माणका लागि अभियान चलाएको तर अहिलेको सरकारले जङ्गल र जनावर र त्यस छेउका नागरिकहरूप्रति कुनै पनि नीति, कार्यक्रम तथा योजना नल्याएको भन्दै विरोध समेत जनाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।