उपचार अभावमा अलपत्र भोजपुर आम्तेककी १६ बर्षिय सुसानको सहयोग याचना

भोजपुर । उपचार अभावमा अलपत्र भोजपुर आम्तेककी १६ बर्षिय सुसानको सहयोग याचना गरेकी छिन् ।

भोजपुर जिल्लाको भोजपुर नगरपालिका -११ बस्ने १६ बर्षिय सुसान राइ २ बर्ष पहिला काठमाडौं पुगिन् । काठमाडौंको पुरानो बानेश्वर घर भएका एक परिवारले घर काम पनि गर्ने सँगै पढाइ पनि दिने भएसी उनको परिवारले काठमाडौं पठाए।

दिउसो बिद्यालय जाने बिहान बेलुका घरको काम गरेर पढिरहेकि थिइन् । अकस्मात् उनि एक पटक बाटोमा र एक पटक घरमा लडिन् । दुई पटक लडदा उनको बायाँ खुट्टामा गम्भिर चोट लाग्यो । तर त्यो बेला सामन्य उपचार भयो । उनले राम्रो सँग उपचार नपाउदा सञ्चो भएन् । विस्तारै चोट लागेको खुट्टा फेरि दुख्न शुरू भयो । उनी काम गरेर पढिरहेको घरकाले केही ठाउँ चेकजाँच गरयो, तर उनको रोग पत्ता लागेन् ।

ठिक नहुने अबस्था भएपछि हाल धनकुटा बसिरहेकी आमालाइ परिवारलाइ सम्पर्क गरे । सुसानको आमा मन्दिरा राइ काठमाडौंमा आइन् । काम गरेर पढिरहेको परिवारले आमा मन्दिराको जिम्मा सुसानलाइ लगाए । चेकजाँचको क्रममा आमाले किष्ट मेडिकल कलेजमा छोरी पुगाइन् । त्यहाँ चेकजाँच गर्दा घुडामा ट्युमर भएको जानकारी भयो । उनी थला परेको दुई महिना पछि रोग पत्ता लाग्यो ।
किष्ट मेडिकल कलेजले चाडै अप्रेशन गर्नुपर्ने न्युनतम ८ लाख देखी १३ लाख सम्म पैसा लाग्ने बतायो । धेरै पैसा लाग्ने भनेपछि मन्दिरा छाँगा बाटे खसे झै भइन् । काठमाडौं खानबस्न समेत समस्या भएपछि अस्पतालले काठमाडौंमा रहेको Medical Rehabilitation Organization संस्थालाइ खानबस्न र केहि सक्ने सहयोग गर्न आग्रह सहित संस्थामा पठायो ।

लाखो रूपैया लाग्ने वताए पछि मन्दिरा छोरी बचाउन हारगुहार गरिरहेकी छन् । मन्दिरा धनकुटामा ज्याला मजदुरी गरेर पेट पाल्ने गर्थिन् । उनका श्रीमान गोबिन्द राइ परिवारको सम्पर्क छैनन्, । अहिले मन्दिरा छोरी बचाउन सहयोगी हात खोजिरहेकी छन् । उनलाइ सक्दो सहयोग गरम, हाम्रो सानो सहयोगले यि बहिनीको नयाँ जिवन पाउने छन् ।

बिरामीको बारेमा थप जानकारी तथा सहयोगका लागि Samrat Singh Basnet (9851015746) सम्पर्क गर्नुहोला ।-दिपेन्द्र लुइटेल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।