किरात धर्म सम्बन्धि प्रथम राष्ट्रिय गोष्ठी सम्पन्न

काठमाडौं, २५ साउन । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द (सेइङ) तथा जगत जननी माताश्री मुहिङगुम अङसीमामाङ साम्बा लिङदेन पवित्रज्यूहरूको आध्यात्मिक, धार्मिक दर्शन, वेदशास्त्र, सामाजिक, व्यवहारिक शिक्षा, जान उपदेश र महान भविष्यवाणी विषयमा प्रथम राष्ट्रिय गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

किरात धर्म संरक्षण, प्रवर्द्धन र विकासका लागि गोष्ठी आयोजना गरिएको बताइएको छ । आज (शुक्रबार) (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित गोष्ठीमा पूर्व गृहराज्यमन्त्री दीपककुमार बास्कोटा, कोशी प्रदेश सरकारकी पूर्व स्वास्थ्यमन्त्री निर्मला तावा, मुन्धुमविद् डा. चन्द्रकुमार शेर्मा, किरात धर्म गुरुका निजी प्रवक्ता डिल्लीराम चाम्लिङलगायतको सहभागिता रहेको थियो ।

मुन्धुमविद् डा.शेर्माले शुन्य, निराकार, निरञ्जनबाट ईश्वर प्राप्ति हुने बताए । उनले चराचर जगत इश्वरको शृष्टि रहेको बताए । उनले किरात धर्मगुरु आत्मनन्द गुरु, फाल्गुनन्द महागुरु र किरात धर्मको बारेमा प्रकाश पारेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।