मोरङको सुन्दरहरैचामा दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु
मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ७ ठडिया स्थित पुर्व पश्चिम राजमार्गमा शुक्रबार राती १०:५० बजे दुर्घटना हुंदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
गछियाबाट बिराटचोकतर्फ आँउदै गरेको को १ च ५८७३ न.को कारले सोहि दिशातर्फ हिड्दै गरेको पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्री भारतको छिराङ बोडोल्याड आसाम निवासी अन्दाजी ५५ बर्षिय हुपेनर कठेटको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।
कार र कार चालक झापा दमक १३ वस्ने ३० बर्षिय सुजन थापालाई इलाका प्रहरी कार्यलय बेलबारीमा ल्याई राखिएको प्रहरीले जनाएको हो।


