धनकुटा साँगुरीगढीका एक ब्यक्ति ३६ केजी गांजा सहित सुनसरीबाट पक्राउ
बिराटनगर, साउन २६ गते । सुनसरीबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका सुनसरीको दुहवी ५ स्थितमा CRV दुहवीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बा. ५७ प १२२४ नम्बरको मोटरसाईकल चालक धनकुटा साँगुरीगढी-९का २३ बर्षिय राम बहादुर राईलाई ३६ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।
लागुऔषध सहित पक्राउ परेकाको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

